Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ क्याम्पसको समृद्धि सम्वन्धि छलफल

उद्‌घोष सम्वाददाता
४ असोज २०८१, शुक्रवार

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरले क्याम्पसको समृद्धि सम्वन्धि बिहीबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तित्वहरुसँग छलफल गरेको छ ।

छलफलमा सहभागी अधिकांश वक्ताहरुले पूर्वको शैक्षिक धरोहरको रुपमा रहेको महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक विकासका लागि यो त्यो नभनी सबैले आ–आफ्नो स्थानबाट सहयोग पुर्‍याउनु पर्नेमा जोड दिइएको थिए । 

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष गुरु बरालले मोरङ क्याम्पसको विकासका लागि गर्नुपर्ने कार्यहरु र क–कसको भूमिका केके हो भनेर बुँदागता रुपमा राखेका थिए । सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय मातहतमा रहे पनि शैक्षिक विकासका लागि प्रदेश सरकार सहयोग गर्न कटिवद्ध रहेको बताए । 

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले क्याम्पसको विकासलाई नजिकबाट नियाली  सहयोग गरिरहेको बताइन् । पूर्व विद्यार्थी संगठनका अध्यक्ष भीम घिमिरेले क्याम्पसको विकासलागि आफूहरु लालयित भएपनि क्याम्पस प्रशासनले गुरुयोजना प्रस्तुत नगर्दा ठूलो सहयोग गर्ने सन्दर्भमा निर्णय गर्न नसकिएको गुनासो गरे । 

सो अवसरमा क्याम्पस प्रमुख डा रामावतार शरणले मोरङ क्याम्पसमा अहिले आवश्यक अनुसार कर्मचारी नभएको, आंशिक प्राध्यापकहरुको समस्या समाधान गर्नु पर्ने अवस्था रहेको, भवनहरु जीर्ण रहेको लगायतका समस्या रहेको बताए ।

उनले क्याम्पसका विद्यमान समस्याहरु समाधान गरेर मात्र समृद्धि प्राप्त गर्न सकिने भएकोले यसका लागि तीनै तहका सहकारका साथै पूर्व विद्यार्थी, उद्योगी, ब्यापारी लगायतका दाताको पनि सहयोग उत्तिकै जरुरी रहेको बताए ।

सो अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मोरङ क्याम्पसको समग्र विकास गर्नुपर्नेमा आफू हृदयदेखि नै लागेको बताइन् ।

View : 185

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved