विराटनगर । कोइराला सेवा समाज नेपाल मोरङको साधारणसभाले पारस कोइराला (तीनटोलिया) को नेतृत्वमा १६ सदस्यीय समिति गठन गरेको छ ।
बिहीबार विराटनगरस्थित काली सम्पन्न साधारणसभाबाट उपाध्यक्षद्वयमा विभूतिराज कोइराला र सन्तोष कोइराला (कञ्चनबारी), सचिव हरिशचन्द्र कोइराला चयन भएका छन् ।
सदस्यहरूमा रेवतीरमण कोइराला (उर्लाबारी), सरोज कोइराला, रुद्रप्रसाद कोइराला,ईश्वर कोइराला (बरगाछी), ज्ञानेन्द्र कोइराला,वद्रीनाथ कोइराला, श्रीमती विमला कोइराला, श्रीमती यसोदा कोइराला, अनिता कोइराला, शुभाष कोइराला, महेश्वर कोइराला र गोविन्दप्रसाद कोइराला छन् ।
नयाँ समितिको पहिलो बैठकले रिक्त कोषाध्यक्ष र सहसचिवको चयन गर्ने उपाध्यक्ष विभूतिराज कोइरालाले बताए ।
सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष कृष्णमुरारी कोइराला, पूर्व केन्द्रीय अध्यक्ष माधवप्रसाद कोइराला तथा मुद्गल बंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्रीप्रसाद कोइराला, वरिष्ठ अधिवक्ता रमेश कोइराला, पूर्व मुख्य न्यायाधिवक्ता रूपेश कोइराला लगायतको उपस्थिति थियो ।
View : 415
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved