Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

त्रिदेशीय टी-२० आई क्रिकेट सिरिज : यूएईविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी

उद्‌घोष सम्वाददाता
६ कार्तिक २०८०, सोमवार

विराटनगर : काठमाडौंमा जारी त्रिदेशीय टी–२० आइ क्रिकेट सिरिजमा नेपालले पाँचौं खेलमा यूएईलाई ५ विकेटले पराजित गरेको छ । नेपालले यो खेलमा संघर्षपूर्ण जित निकालेको हो ।

यूएईले ७ विकेटको क्षतिमा नेपालसामू १६५ रनको लक्ष्य छाडेकोमा नेपालले ५ विकेट गुमाएर चार बल बाँकी हुँदै भेट्टाएको हो । जितका लागि नेपालका आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा सर्वाधिक ६२ रनको योगदान गरेका थिए । 

अर्धशतकका लागि तीन रनले चुकेका कप्तान रोहित पौडेल ४७ रनमा आउट भएका थिए । नेपालका लागि अविजित दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै ४० रनको महत्वपूर्ण योगदान गरे । 

यूएईको शानदार ब्याटिङका सामू नेपालका तर्फबाट सुरुवाती ब्याट्सम्यानहरु भने क्रिजमा जम्न सकेनन् । 

टस हारेर पहिले ब्याटिङ गरेको यूएईका लागि निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहँदा ७ विकेट गुमाएर १६४ रनको स्कोर खडा भएको थियो । 

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले आफ्नो टोलीका लागि ४५ ÷४५ रनको समान योगदान गरे । आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रनमा नेपालसामू समेटिए ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २÷२ विकेट लिएका थिए । त्यस्तै करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।

नेपालले फाइनलका लागि अब बाँकी हङकङ र युएईबीचको खेलको नतिजा कुर्नुपर्नेछ । लिगमा हङकङ अंकबिहीन रहेको छ ।
 

View : 243

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved