विराटनगर । विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा दशैँमा पनि २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ । चाडपर्वमा अस्पतालहरूमा विशेषज्ञ चिकित्सक नहुँदा विरामीले हैरानी भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै आर्या न्यूरो हस्पिटलले २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने भएको हो ।
दशैँ, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरूमा पनि अस्पतालले विशेषज्ञ सेवाहरु जारी राख्ने अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए ।
न्यूरो सम्बन्धी उपचारमा अब्बल सावित भएको आर्यामा टाउको, मेरुदण्ड, हाडजोर्नी तथा नशा सम्बन्धी सम्पूर्ण उपचार सेवाहरू उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा.पंकजराज नेपालसहितको टिमले न्यूरो सम्बन्धी सम्पूर्ण उपचार सेवाहरू प्रदान गर्दै आएका छन् ।
निःशुल्क न्यूरो ओपीडी
अस्पतालले चाडपर्वको अवसर पारेर छुट योजना पनि ल्याएको छ । निःशुल्क न्यूरो ओपीडी सेवाको साथै जाँचहरूमा पनि छुट ल्याएको छ ।
अस्पताल आएका ज्येष्ठ नागरिकहरुको लागि जाँचमा १५ प्रतिशत र अन्य विरामीहरूको लागि १० प्रतिशत छुट हुने भएको अस्पतालले जनाएको छ ।
ओपीडी निःशुल्क र जाँचहरूमा छुटले विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले यस्तो योजना ल्याएको अस्पतालकी अध्यक्ष डा. अर्चना चौधरीले जानकारी दिइन् ।
View : 103
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved