Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटनगरमा छात्रा त्रिकेटका लागि सहयोग

उद्‌घोष सम्वाददाता
११ मंसिर २०८०, सोमवार

विराटनगर : क्रिकेट विदआउट बाउण्ड्रीले विराटनगरका चारवटा सामुदायिक विद्यालयका छात्राहरुलाई त्रिकेट खेलको विकासमा सहयोग गर्ने भएको छ । 

महिला क्रिकेट खेलाडी उत्पादन गर्न ग्रामीण तहबाटै सहयोग गर्ने उद्देश्यले नेपाल क्रिकेट फाउण्डेसन विराटनगरसँगको सहकार्यमा बाउण्ड्रीले ती विद्यालयका छात्राहरूबीच त्रिकेट खेल आयोजना गर्न लागेको जनाइएको छ ।
विराटनगर–६ स्थित क्रिकेट मैदानमा सोमबारदेखि खेल हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

आईसीसी मास्टर्स एजुकेटर सारा बेगले नेपाली महिला क्रिकेटको विकासका लागि ग्रामीण तहबाटै सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले कोशी प्रदेशको विराटनगरसहित धनकुटा, इटहरी र धरानमा पनि महिला क्रिकेटको विकासमा लागि सहयोग रहने जानकारी दिइन् ।

बाउण्ड्रीले कोशी प्रदेशसहित मधेस प्रदेशमा स्वयंसेवी रूफमा क्रिकेट खेलको विकासका लागि सहयोग गर्दै आएको जनाइएको छ । त्यसका लागि आइतबार बेलायतबाट त्रिकेट क्षेत्रका प्रशिक्षकहरूको टोली विराटनगर आइपुगेको हो । उनीहरूले खेलाडीहरूलाई प्रशिक्षण समेत दिने जनाइएको छ ।

सोमबारदेखि हुने खेलमा विराटनगरस्थित सरस्वती मावि, आदर्श बालिका मावि, महेन्द्र मावि र सत्यनारायण माविका महिला क्रिकेट खेलाडीहरूबीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

View : 269

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved