विराटनगर । उदयपुरको बेलका नगरपालिका–४ हरिपुरमा स्कुल बसबाट खसेर एक बालकको ज्यान गएको छ । बेलका बोर्डिङ स्कूलको को १ ख ३५१६ नम्बरको बसबाट खसेर कृष्ण बस्नेतका ९ बर्षीय छोरा सफल बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जहडाबाट हरिपुरतर्फ जाने क्रममा गुडिरहेको बसबाट विद्यार्थी बस्नेत खसेका थिए ।
प्रहरीले स्कुलबस र चालक बेलका–८ का ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । बालकको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच, मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तरगत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा ३० वर्षीय भुपाल राईको मृत्यु भएको छ ।
उदयपुर प्रहरीका अनुसार मृतक राई खोटाङको बराहापोखरी–५ का हुन् ।
गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
View : 77
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved