Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग वाणिज्य महासंघका समितिहरूले पाए पूर्णता

उद्घोष सम्वाददाता
३ पुष २०८०, मङ्गलवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति अन्तरगतका विभिन्न उपसमितिहरूले पूर्णता दिइएको छ । महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले समितिहरूमा नियुक्त भएका नयाँ सदस्यहरूलाई मनोनित गरिएको पत्र हस्तान्तरण गरेका हुन् । 

रविनकुमार दाहाल नेतृत्वको शिक्षा तथा सूचना समितिको सहसभापतिमा विवेक मिश्र र सदस्यहरूमा तरूण सञ्चेती, बन्धु पोखरेल र प्रकाश उप्रेती चयन भएका छन् । देवकीनन्दन अग्रवाल सभापति रहेको कर तथा राजश्व समितिको उपसभापतिमा अश्विनी बंशल र सदस्यहरूमा  दुर्गा भण्डारी, गिरीराज अटल र चन्दनकुमार साह मनोनित भएका छन् ।

यूनेश श्रेष्ठ नेतृत्वको स्टार्टअप एण्ड इनोभेशन समितिको सदस्यहरूमा प्रत्यूष राउत, संयम श्रेष्ठ, विवेक दाहाल, नूर श्रेष्ठ, कुमुद जैन र रोमन कट्टेल चयन भएको जनाइएको छ । 

सुवाष आचार्य सभापति रहेको बैंक तथा वित्तीय वीमा समितिको उपसभापतिमा राजेश तिम्सिना तथा सदस्यहरूमा निश्चल अधिकारी, कमल बस्नेत, दीपकराज तिवारी, किरण ढुंगेल, सरोज पोखरेल,  पारस लुनिया र श्रीहरिप्रसाद दिवाली चयन भएका हुन् ।

उक्त समितिको आमन्त्रित सदस्यहरूमा  डेगराज बस्नेत, गणेश खत्री, डेविड बस्नेत, महेन्द्र रेग्मी, सन्दिप अग्रवाल र दिवाकर अग्रवाल  छन् ।

View : 240

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved