Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

रंगेलीमा बाँसको सामग्री बनाउने तालिम सम्पन्न

उद्‌घोष संवाददाता
२३ साउन २०८२, शुक्रवार

Advertisement

विराटनगर । गृह श्रमिक सिर्जनशील महिला समाज रंगेली–६को आयोजनामा बाँसको आधुनिक सामग्री निर्माण सम्वन्धी एकमहिने सीपमुलक तालिम शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको छ । 

रंगेलीमा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य यसोदा कायस्थ, रंगेली नगरपालिकाकी  उपप्रमुख भुमाकुमारी पराजुली, कोशीका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहनकुमार सुवेदी र समाजकी अध्यक्ष शान्ता श्रेष्ठले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । 

तालिममा सहभागीलाई गोपाल तामाङले प्रशिक्षण दिएका थिए । तालिममा २० जना सहभागी थिए । 

एक महिना अघि विराटनगरमा पनि बाँसको सामग्री निर्माण सम्वन्धी सीपमूलक तालिम दिनेशभक्त श्रेष्ठको नेतृत्वमा सञ्चालन गरिएको थियो । 
 

View : 670

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved