Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

उद्‌घोष संवाददाता
१४ साउन २०८२, बुधवार

Advertisement

विराटनगर । मोरङको केरावारी गाउँपालिका–७ स्थित मुगु मेडिकलबाट प्रतिबन्धित लागुऔषधसहित मेडिकल सञ्चालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार बिहान मेडिकलबाट प्रतिबन्धित लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट प्रहरी टोली खटिएको थियो । 

उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट बरामद गरेको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

View : 565

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved