विराटनगर । रोजगारको खोजीमा युवाहरुको बढदो पलायनलाई ध्यानमा राखी उद्योग संगठन मोरङले ३० वर्ष मुनीका युवाहरुलाई लक्षित गरी उद्यमशिलता विकासमा आकर्षित गर्न स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई परिस्कृत रुपमा ल्याएको छ ।
व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यका सञ्चालनमा ल्याएको सो कार्यक्रममा सहभागिताका लागि २०८१ चैत्र ३१ गते सम्म आवेदन गर्न सक्ने व्यवस्था गरेको छ ।
कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न चैत्र ३१ गतेसम्म प्राप्त कुल आवेदनहरुलाई उद्यमशिलता अवधारणाको प्रस्तुतीकरण गराई उत्कृष्ट १५ जना स्टार्टअप उद्यमीहरु छनौट गरिनेछ ।
छनौट भएका उद्यमीलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ, परामर्श सेवा, नेटवर्क विस्तारको अवसर प्रदान गरिने संगठनले जनाएको छ ।
३ महिनासम्म संगठनको मेन्टरसिपमा रहने स्टार्टअपहरुलाई व्यावसायीक विकासमा थप सहयोग पुर्याउन उक्त अवधिमा बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेकअपका साथै हाटबजार लगायतका कार्यक्रमहरु आयोजना गरि उत्कृष्ट हुन सफल ३ स्टार्टअपहरुलाई पुरष्कृत गर्नेे योजना रहेको संगठनले जनाएको छ ।
विराटनगर महानगरपालिका र पूर्वाञ्चल विश्व विद्यालयको सहकार्यमा सञ्चालन गरिने उक्त कार्यक्रमले स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी दिगो इकोशिष्टमको जग बसाल्न सहयोग पुर्याउने संगठनले जनाएको छ ।
View : 64
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved