Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

चुहार जिप दुर्घटना अपडेट

सात जनाको मृत्यु, अधिकांश यात्रु भोजपुरका

चालकबाहेक अरु मृतकको सनाखत हुन बाँकी
उद्‌घोष सम्वाददाता
१ चैत २०८०, बिहिवार

विराटनगर । इटहरी– धरान हुँदै भोजपुरको आमचोक जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सात जनाको मृत्यु भएको छ । मृतकहरू मध्ये बोलेरो चालक मान बहादुर बस्नेत बाहेक अरु यात्रुको सनाखत हुन सकेको छैन ।

बिहीबार बिहान करिव साढे १० बजेतिर उदयपुरको बेलका नगरपालिका– ७ बाट भोजपुर जोड्ने चुहार पुल पुग्न अघिको ओरालोमा कच्ची सडकमा जिप दुर्घटना भएको हो । जिप सडकबाट चारवटा मोडहरू माथिबाट उछिट्टिएर खोँचमा खसेको जनाइएको छ । 

दुर्घटनास्थलमा धेरै तल जिप खसेका कारण केही यात्रुहरूलाई मात्रै उछिट्टिएको अवस्थामा भिरबाट उद्धार गरिएको थियो । जिपभित्र रहेका अरु यात्रुहरू भने सोही जिपले थिचिएका र चेपिएका कारण उद्धारमा समस्या भएको जनाइएको छ । उद्धारमा कठिनाइ हुँदा चालक बस्नेतसहित उनीहरूको मृत्यु भइसकेको प्रहरीले समेत जनाएको छ ।

दुर्घटनामा घाइते भएका पाँचजनालाई भने चुहार मोटरवेल पुल निर्माण कार्यमा खटिएका मजदुर र स्थानीयले उद्धार गरेर कोशी नदीमा चल्ने जेट बोटमा हालेर उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाइएको छ ।

दुर्घटनास्थलमा पुगेको प्रहरीले यात्रुको सनाखत भइनसकेको जनाएको छ । जिपका अधिकांश यात्रु भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका रहेको जनाइएको छ । जिपमा एउटै घरका चारजना सहित १४ जना यात्रु रहेको स्थानीयले जानकारी दिएका छन् ।

View : 217

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved