Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लेडिज सर्कलद्वारा न्यानो कपडा वितरण

उद्‌घोष संवाददाता
८ पुष २०८२, मङ्गलवार

विराटनगर ।  लेडिज सर्कलले  विराटनगर-५ स्थित सिद्धकाली आधारभूत विद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेको छ ।  मंगलबार आयोजित एक कार्यक्रममा विराटनगर लेडिज सर्कल- ५ की अध्यक्ष कुसुम लुनियालगायत सर्कलका पदाधिकारीहरुले  सो विद्यालयका १५५ जना विद्यार्थीहरुलाइ ट्रयाकसुट, स्वीटर , टोपी, जुत्ता र मोजा वितरण गरेका हुन् ।

सो  कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजकुमार अधिकारी , व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, सल्लाहकार उद्धव कोइराला, अभिभावकहरू लगायतको सहभागिता  थियो ।

अधिकांश विद्यार्थीहरु विपन्न समुदायका रहेका र  जाडोको समयमा  धेरै विद्यार्थीहरु विद्यालय नआउने भएका कारण न्यानो कपडाको व्यवस्था मिलाइएको व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादवले बताए ।


 

 

View : 396

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved