विराटनगर । नेपाल मारवाडी गणगौर पूजा समितिको आयोजनामा विराटनगरमा गणगौर झाँकी निकालिनुका साथै समाजमा योगदान पु¥याउने आठ जना महिलाहरू सम्मानित भएका छन् ।
विराटनगरमा आयोजित ३८ औं गणगौर पूजा महोत्सवको अवसरमा उनीहरूलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरूमा श्वेता अटल, बन्दना अटल, दीक्षा धाडेवा, मीनाक्षी तापडिया, डा.बन्दना जैन, निशा अटल, ज्ञानु न्यौपाने (बोगटी) र सुधा पौडेल छन् ।
उनीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सम्मानपत्र प्रदान गरेका हुन् ।
नेपाल मारवाडी गणगौर पूजा समिति २०८१ की अध्यक्ष ललिता जाजूको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष नन्दकिशोर राठी, संस्थापक अध्यक्ष मुलचन्द तापडिया, श्रीहरि सत्संग समितिका अध्यक्ष भिखमचन्द सरल, गणगौर समिति धरानकी अध्यक्ष अनिता अटल लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक दिप्ती राठौरले जानकारी दिइन् ।
कार्यक्रममा रेणु तोदी, शितल बाहेती, सरिता लालबानी लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा महिला तथा बालबालिकाहरूका लागि विभिन्न प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
View : 543
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved