विराटनगर । विराटनगरलाई 'योगमय महानगर' बनाउने अभियान अन्तर्गत थप ४२ जना नयाँ योग शिक्षकहरू दीक्षित भएका छन्। पतञ्जली योग समिति विराटनगर महानगर समितिद्वारा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समिति (योग ध्यान केन्द्र) मा आयोजित १५ दिने सघन योग शिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो।
मन्त्री भीम पराजुलीद्वारा दीक्षित
कार्यक्रमको दीक्षा समारोहमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले नव योग शिक्षकहरूलाई रुद्राक्षको माला लगाएर दीक्षित गरे । सो अवसरमा बोल्दै मन्त्री पराजुलीले विराटनगरमा प्रशिक्षण हलसहितको एक सुविधासम्पन्न 'आवासीय योगग्राम' निर्माण गर्ने आफ्नो योजना र चाहना रहेको सुनाए ।
वडाध्यक्ष नै बने योग शिक्षक
यसपटकको प्रशिक्षणमा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने स्वयम् सहभागी भई योग शिक्षकका रूपमा दीक्षित भएका छन्। वडाध्यक्ष न्यौपानेले प्रशिक्षणमा खटिएका मुख्य गुरुहरूलाई गुरुदक्षिणा स्वरूप ट्रयाक सुट प्रदान गरी सम्मान समेत गरे ।
कार्यक्रममा प्रदेश सचिव शोभा कोइराला, महानगर संगठन सचिव चूडामणि घिमिरे, महासचिव डीबी बस्नेत, महिला महासचिव दीपा बस्नेत, मोरङ जिल्ला उपाध्यक्ष दामोदर पोखरेल लगायतले योगको महत्वबारे प्रकाश पार्नुभएको थियो।
प्रशिक्षक र संयोजक सम्मानित
समारोहमा योग प्रशिक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चन्द्रमणि गुरागाईं, ऋषि खतिवडा, सुवास बिष्ट खतिवडा, ध्रुव तामाङ, कुमारी तामाङ, सुरेश अग्रवाल, ओम प्रसाईं, चक्र लुइँटेल, तेजराज कोइराला, सरस्वती दाहाल, ज्ञानु न्यौपाने बोगटी र रवीन्द्र मेहेतालाई सम्मान गरियो। यस्तै, वडा नं. ११ की योग संयोजक यमुना कोइरालालाई दोसल्ला ओढाएर विशेष सम्मान प्रदान गरिएको थियो।
दीक्षित हुने योग शिक्षकहरू
दीक्षित हुने ४२ जनामा तीर्थेन्द्र न्यौपाने, राजेन्द्र बुढाथोकी, साइमन पोखरेल, टंकमणि भट्टराई, तेजबहादुर भट्टराई, प्रशान्त पौडेल, निरु कट्टेल, गीता न्यौपाने, इन्द्र कोइराला, रोजी सुवेदी, इन्दुकुमारी शाह, रेणुकुमारी शाह, चन्द्रकला बस्नेत राणा, कञ्चनकुमारी यादव, गीतादेवी भगत, सुशीता यादव, सुशीला ढकाल, हिरालालप्रसाद शाह छन् ।
यस्तै चिन्तो कुमारी, आशादेवी कामत, राधाकुमारी शाह, सरोज नेपाली, प्रमिलादेवी ढकाल, रींकुकुमारी मेहता, रेणुकुमारी चौधरी, प्रदीप कोइराला, रेणुका कोइराला, विनिता आचार्य, पुण्यशीला पौडेल, कविता कुमारी यादव, सशीलाकुमारी शाह, आरतीकुमारी यादव, सुमित्रा ढुंगेल, सकुन्तला लुइटेल, मनिषा देव, प्रतिमा देव, मिराकुमारी देव, सुरेश कटुवाल, संजय गुप्ता, सरिता कुमारी, कल्पना कार्की र रश्मीकुमारी सिंह दीक्षित भएका छन् ।
View : 276
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved