विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।
१२ खर्ब ६० अर्ब रुपैयाँको राजस्वको आधार देखाएर अर्थमन्त्री वर्षमान पुनले मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट ६ दशमलव ८९ प्रतिशतले बढी हो ।
उक्त बजेट मध्ये १८ दशमलव ९४ प्रतिशत मात्रै पुँजीगत खर्चतर्फ छुट्टाइएको छ ।
सरकारले चालु चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब र पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब मात्रै बजेट विनियोजन गरेको छ ।
त्यसै गरी वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ५२ अर्ब छुट्टाइएको उल्लेख छ ।
उक्त खर्च व्यहोर्नका लागि राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड, वैदेशिक ऋणबाट दुई खर्ब १६ अर्ब र तीन खर्ब ३० अर्बको आन्तरिक ऋण रहने अर्थमन्त्री पुनले बताएका छन् ।
चालु आवको राजश्वको अवस्था हेर्दा ९ खर्बबाट नबढ्ने अवस्था रहे पनि अर्थमन्त्री पुनले आगामी वर्षका लागि १२ खर्ब बढीको राजश्व अनुमान प्रस्तुत गरेका हुन् ।
View : 208
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved