Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

एसईई नतिजा

आदर्श स्कुल बन्यो नतिजामा उत्कृष्ट, चारजना विद्यार्थीले ल्याए ४ जीपीए

उद्‌घोष संवाददाता
१४ असार २०८२, शनिवार

Advertisement

विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयका चारजना विद्यार्थीले ४ जीपीए ल्याएर उतीर्ण भएका छन् । 

शुक्रबार साँझ प्रकासित २०८१ को एसईई परीक्षाको नतिजा अनुसार ३२९ जना विद्यार्थीले एसईई परीक्षामा सहभागीमा भएकोमा चार जनाले ४ जीपीए ल्याएर उतीर्ण भएका हुन् ।

विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलका अनुसार विद्यार्थीहरू संयोग भट्टराई, प्रियांश यादव, प्रिन्स कुमार गुप्ता र श्रेय शर्माले ४ जीपीए प्राप्त गरेका हुन् ।

त्यसैगरी ३.९१ देखि ३.९६ जीपीए ल्याएर १३ जना विद्यार्थी उतीर्ण भएका छन् । ३.८० देखि ३.९० जीपीए ल्याएर ३६ जना, ३.६० देखि ३.७९ जीपीएर ल्याएर ७२ जना, ३.२० देखि ३.५९ जीपीए ल्याएर ११८ जना, २.८० देखि ३.१९ जीपीए ल्याएर ४३ जना विद्यार्थी उतीर्ण भएको जनाइएको छ ।

२.४० देखि २.७९ जीपीए ल्याउने १३ जना रहेका छन् । आदर्श स्कुलबाट एसईई दिएका कुल विद्यार्थीको ९० दशमलव ११ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । 

अघिल्लो बर्ष ३.९५ जीपीएमा चित्त बुझाएको आदर्शले यस बर्ष नतिजामा ठुलो सुधार ल्याएको हो । प्रधानाध्यापक पोखरेलले शिक्षण सिकाईमा नयाँ प्रविधिको प्रयोग, अतिरिक्त कक्षा संचालन तथा जान्ने र नजान्ने विद्यार्थीहरूबीच उपचारात्मक शिक्षण विधी अनपाएका कारण नतिजा राम्रो हाँसिल गरेको दाबी गरे ।

‘हामीले कक्षा शिक्षणमा नयाँ प्रविधिको प्रयोग गर्यौं, परियोजना अभ्यासलाई प्रभावकारी रुपमा प्रयोगमा ल्यायौं, सिकाई विधीमा परितर्वन हुने गरी शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गर्यौं’ उनले भने, ‘अतिरिक्त कक्षाहरु संचालन गर्यौं, त्यस्तै जान्ने र नजान्ने बच्चाको उपचारात्मक शिक्षण विधी अपनाएका कारण राम्रो नतिजा हाँसिल गरेका छौं ।’

View : 3715

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved