विराटनगर । मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा बिहीबार अपरान्ह भएको दुर्घटनामा परी झापाको दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ ।
चितवनबाट झापा फर्किंदै गरेको मे १ च ३०४० नम्बरको स्कार्पियो अनियन्त्रित भई सडक किनारको फलामे बारमा ठोक्किएर पल्टिंदा दमक–३ घर भएका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनामा स्कार्पियोमा सवार ६ जना घाइते भएका छन् ।
दुर्घटनापछि ५५ वर्षीय बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
स्कार्पियो चालक दमक–९ का ३८ वर्षीय देबेन्द्र तामाङ, दमक–१० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह–१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् ।
उनीहरुको प्रादेशिक अस्पताल कटारीमा उपचार उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक कमल बजगाँईले बताए ।
उनीहरू न्यायिक समितिको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा दुर्घटनामा परेको जनाइएको छ ।
View : 402
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved