Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश योजना आयोगबाट माओवादी 'आउट', कांग्रेसका कोइराला र गच्छदार 'इन' हुँदै

उद्घोष सम्वाददाता
१० असोज २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेश योजना आयोगबाट नेकपा माओवादी केन्द्रका दुई सदस्यले राजीनामा दिएका छन् ।

माओवादी कोटाबाट नियुक्त दुई सदस्यको राजीनामा पछि अब नेपाली कांग्रेसका सदस्यको इन्ट्री हुने तयारी छ ।

माओवादी कोटाबाट सदस्य बनेका भवानीप्रसाद बराल र नमिता न्यौपानेले बुधबार संयुक्त राजीनामा पत्रमा हस्ताक्षर गरेर राजीनामा बुझाएका छन् ।

प्रदेश योजना आयोग अध्यक्ष मुख्यमन्त्रीको नेतृत्वमा रहने व्यवस्था छ ।

योजना आयोगमा कांग्रेसबाट नारायण कोइराला र प्रमिला गच्छदार सदस्य नियुक्त हुने तयारी रहेको कांग्रेस स्रोतले जनाएको छ । कोइराला यसअघि पनि योजना आयोगका सदय भइसकेका व्यक्ति हुन् भने गच्छदार कांग्रेस कोशी प्रदेशकी सहमहामन्त्री छिन् ।

View : 210

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved