विराटनगर । नेपालीहरूको महान् चाड बडा दशैं बिहीबारबाट सुरु भएको अवसरमा दाहाल प्रतिष्ठान विराटनगरद्वारा घटस्थापनाको शुभसाइतमा वैदिक विधिपूर्वक देवी दुर्गाको पूजा गरेर यसको सुरुवात गरिएको छ ।
दाहाल प्रतिष्ठानले सोमबार दिनको ११ः५५ को शुभसाइतमा विराटनगरस्थित आफ्नै भवनमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्दै जमरा राखेको छ ।
सप्तकोशी नदीको जल ल्याएर विधिपूर्वक जौ, मकै र धानको जमरा छरिएको हो ।
दाहाल प्रतिष्ठानको दशैं घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको आयोजक कमलराज दाहालले बताए ।
हिन्दु परम्पराअनुसार घटस्थापनाको दिन विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरेर जमरा राखिन्छ ।
यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गा भगवतीको पूजा गरिने भएकाले यस दिनलाई घटस्थापना पनि भनिने गरिएको हो ।
घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने प्रचलन छ ।
View : 323
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved