Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

जीवनयापनका लागि जेष्ठ नागरिकहरु भन्सार छलीमा, सशस्त्रको बल प्रयोगमा बृद्धा घाइते

उद्घोष सम्वाददाता
११ फागुन २०८०, शुक्रवार

विराटनगर । दैनिक गुजाराका लागि भन्सार क्षेत्रमा झोलामा सामान बोकेर सीमा वारी र पारी गर्ने चलन पुस्तौ चल्दै आएको छ । यो समस्यालाई अनौपचारिक रुपमा स्वीकार गरेको पनि देखिन्छ ।

भारतीय सीमावर्ति क्षेत्रमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले महिला, बालबालिका र जेष्ठ नागरिकलाई झोलामा बोक्ने भन्सार छलीका सामान ओसारपसारमा अप्रत्यक्ष रुपमा मौन रहँदै आएको अवस्थामा बुधबार एउटा दुर्घटना भएको छ । विराटनगर भन्सारमा सशस्क्रले सामान खोस्ने त्रममा बिहीबार लडेर ७० वर्षीया नसिमा खातुनको टाउकोमा चोट लागेपछि सीमामा बिवाद भएको छ ।

घटना बिवरण अनुसार विराटनगर–१७ की खातुनले जोगवनीबाट झोलामा सामान लिएर आउंने क्रममा सशस्त्र प्रहरीले खोस्ने प्रयास गरेका थिए ।

झोला तानातानमा लडेकी खातुनको टाउको फुटेपछि भन्सारको २ नम्बर ढाटमा स्थानीयले एक घण्टा अवरोध गरेको स्थानीय नेता मो फैयाज मियाँले बताए । ‘दैनिक गुजाराका लागि खाद्यान्न बोकेर आउने आमाहरुलाई पनि कुटिन्छ’ नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका उनले भने ।

जेष्ठ नागरिकलाई वल प्रयोग गरेर लडाएको भन्दै सशस्क्र बिरुद्ध स्थानीयले आन्दोलन गर्ने त्रममा सीमा अवरोध भएको मियाँको भनाइ छ ।

सीमामा दैनिक रुपमा यस खाले समस्या हुने गरेको स्थानीय बताउँछन् । एक सय रुपैंयाँसम्म नाफा हुने भएपछि झोला बोक्न बाध्य महिलाहरुलाई सुरक्षाकर्मीले वल प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ ।

भन्सार नाका नै अवरोध भएपछि स्थानीय र सशस्त्र प्रहरीबीच सहमति भएपछि बिरोधमा बसेका स्थानीय हटेका छन् ।

सशस्त्रको प्रस्तावित गुल्मका नायव उपरीक्षक महेश केसीले ‘आमा समानकी हुनु हुन्छ आवश्यक परेको उपचार गरौंला’ भनेपछि दुई पक्षबीच सहमति भएको थियो । बिहीबार नै अर्की जेष्ठ नागरिक महिलाले बोकेको झोला खेस्ने क्रममा सशस्त्रसँग बिवाद भएपछि उनलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको थियो ।

सहमतिपछि ती महिलालाई पनि छाडिएको छ । विवाद समाधान भएपछि सीमाको अवरोध खुल्ला भएको जनाउँंदै मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले दुबै पक्ष सहमत भएर गएको बताए । इलाका प्रहरी कार्यालय रानीमा दुबै पक्षबीच लिखित सहमति भएको छ ।

अवदेखि दुबै पक्षले एकले अर्कोलाई दुर्ब्यवहार नगर्ने भनेर सहमति भएको रानीका प्रहरी निरीक्षक सञ्जीव बेलबासेले जानकारी दिए ।

View : 697

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved