विराटनगर । विराटनगरको निहारिका कलेजकी पूर्णिमा खतिवडाले ब्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआइएम) को पहिलो सेमेस्टरमा नेपाल प्रथम भएकी छन् । उनले सबैभन्दा बढी ३.९८ जीपीए ल्याएकी हुन् ।
२०८१ सालमा भएको बीआइएम पहिलो सेमेस्टरको परीक्षाको प्रकासित परीक्षाफल अनुसार पूर्णिमाले ३.९८ जीपीए प्राप्त गरेकी हुन् ।
पूर्णिमाले कोशी प्रदेशबाट बीआइएममा अहिलेसम्मकै सर्वाधिक जीपीए ल्याउने विद्यार्थी पनि बनेकी छिन् ।
हालसम्म कोशी प्रदेशका कुनैपनि कलेजका विद्यार्थीले बीआइएममा नेपाल प्रथम भएका छैनन् ।
निहारिका कलेजले बीआइएममा विगतमा पनि उत्कृष्ट नतिजा ल्याइसकेको दाबी गरेको छ । कलेजका विद्यार्थीहरूले बीआइएममा नेपालमै दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त रहेको निहारिकामा बीएससी सीएसआइटी, बीसीए, बीआइटीएम, बीएचएम, बीबीएस र एमबीएसको अध्यापन हुँदै आएको छ ।
View : 1652
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved