विराटनगर : प्रक्रिया पूरा नगरी लगानीकर्ताका साधन बिक्री गर्ने गरेको एक संस्थाले पीडितलाई क्षतिपूर्ति दिने भएको छ । विराटनगर–८ का दिलिपकुमार चौधरीलाई गायत्री निशान अटो कर्प विराटनगरले पीडितलाई क्षतिपूर्ति दिने भएको हो ।
चौधरीले तिर्न बाँकी रकम सो कम्पनीले फ्रक्रियाबिनै ट्याक्टर बित्री गरेर अशुल गरेको बारे बुधबार उद्घोष दैनिकमा समाचार प्रकाशित भएको थियो । कम्पनीका शाखा प्रवन्धक सञ्जय नेपालले प्रहरी कार्यालयमा गएर क्षतिपूर्ति दिन तयार रहेको बताएका हुन् ।
समाचार सार्वजनिक भएपछि चौधरीले कर्प र नेपालबिरुद्ध प्रहरीमा बिहीबार कारवाहीको माग गर्दै बिहीबार निवेदन दिएका थिए । निवेदनपछि जिल्ला प्रहरी कार्यालयमा आएर नेपालले ट्याक्टर नै तिर्ने सहमति गरेको चौधरीले बताए ।
‘निवेदन दिएपछि प्रहरीले वास्तविकता बुझ्दै जांँदा उनले आगामी पुस १२ गते भित्रमा ट्याक्टर नै तिर्ने सहमति गरेका छन्’ चौधरीले भने ।
कम्पनीको अशुल गर्नु पर्ने रकममा तलमाथि गर्ने गरेको आरोप नेपाललाई लाग्दै आएकाले उनी दाबी गर्छन् ।
खरिदकर्तालाई किस्तामा साधन उपलब्ध गराउंने गायत्री निशान अटो कर्प प्रालीले साधनको सार्वजनिक मुल्याङ्कन नै नगरी अशुल गर्नुपर्ने रकममा बिक्री गर्ने गरेको समाचार प्रकाशित भएको थियो । चौधरीले एक सिलिण्डरको ट्याक्टर सो संस्थाबाट ६ लाख ६० हजारमा खरिद गरेका थिए । न्युनतम मूल्यको सानो ट्याक्टर उनले खरिद गरेपनि रकम पूरा तिरेका थिएनन् ।
खरिदको २ वर्षपछि २ लाख १० हजार रुपैंयाँ तिर्न बाँकी रहंदा सो प्रालीले ट्याक्टर नियन्त्रणमा लिएर पूरै लगानीको रकम कब्जा गरेको थियो । पीडितलाई ट्याक्टर नै फिर्ता गर्ने सहमति गरेका नेपालले भनें उद्घोष दैनिकसँग फोनमा भएको कुराकानीमा केहीपनि बताउन चाहेनन् । गल्ती स्वीकार गर्नुपर्ने भएपछि नेपालले जवाफ नदिई फोन काटेका थिए ।
मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले प्रवन्धक नेपालको शैली दादागिरी तरिकाको भएको बताए । प्रवन्धक नेपालले जबरजस्ती अशुली गरेको देखिएकाले पीडितको चित्त बुझाएर प्रहरी कार्यालयबाट फर्किएको दाहालले बताए ।
विराटनगरमा शाखा बन्द भए पनि कर्मचारीले बजारीकरणमा काम गर्दै आएका छन् । सो कम्पनीले अन्यत्र पनि सेवाग्राहीलाई यसै गरी दुःख दिने र क्षतिपूर्ति दिएको बताइएको छ ।
View : 151
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved