विराटनगर । कोशी प्रदेश सभाको चालु तथा हिउँदे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरेका हुन् ।
सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।
अधिवेशन अन्त्य भएको जानकारी सोमबार बसेको सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठकमा जानकारी गराए ।
उनले प्रदेश सभाको चालु अधिवेशनले तीनवटा विधेयक पारित गरेको बताए ।
चालु अधिवेशनबाट प्रदेश अनुसन्धान तथा प्रशिक्षण ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक, प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको बताए ।
सभामुख बिष्टले चालु अधिवेशनमा मन्त्रीहरूसँग प्रश्नोत्तरलगायतका अभ्यास गरिएको, शून्य र विशेष समयमा उठेका विषयमा सरकारले सम्बोधन गरेको बताए ।
View : 85
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved