विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट उम्मेदवारहरु टुंगो लागेका छन् । सोमबार हुने मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकोले दलहरुले आइतबार नै उम्मेदवारहरु टुंगो लगाएका हुन् ।
राष्ट्रिय सभा सदस्यमा एमालेले महिलातर्फ सुनसरीकी रुकमिणी कोइराला र अन्यतर्फ भोजपुरका परशुराम अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ ।
राष्ट्रिय सभा सदस्य रहेका कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रकी बीना पोखरेलको पद खाली हुन लागेको हो । माघ ११ हुने निर्वाचनका लागि एमाले र सत्ता गठबन्धनले उम्मेदवार टुंगो लगाएका हुन् ।
माओवादी केन्द्रले आफ्नो भागमा परेको महिला सिटमा ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उम्मेद्दवार बनाउने निर्णय गरेको छ । तर कांग्रेसको भागमा पुगेको अन्यतर्फको सिटमा भने नाम सिफारिस हुन बाँकी रहेको जनाइएको छ ।
View : 240
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved