सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ बर्षीय रामनाथ राय र सुन्दरहरैचा मोरङका २० बर्षीय सन्देश उराव छन ।
पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले नेपाली रुपैयाको नक्कली नोट १ हजार दरको ४ थान बरामद गरेको छ । मंसिर १० गते राती साढे ८ बजे लौकही बजारमा रहेको मनिष किराना पसलमा उनिहरुले सामान किनमेल गरी १ हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले तत्काल प्रहरीलाई खवर गर्नसाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका उनिहरुको साथबाट २ थान र सामान किनेको दुईओटा पसलबाट १/१ थान एक हजार दरको नेपाली रुपैयाको नक्कली नोट बरामद गरेको थियो । नक्कली नोटसहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
View : 88
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved