Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

झिलकुमारी लुइटेल पत्रकारिता पुरस्कार भण्डारीलाई

उद्‌घोष संवाददाता
११ फागुन २०८२, सोमवार

विराटनगर । नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार विनोद भण्डारीलाई प्रदान गरिने भएको छ । 

कोषद्वारा गठित पुरस्कार छनोट समितिको आइतबार विराटनगरमा बसेको बैठकले विगत साढे दुई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय पत्रकार भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक शंकर लुइटेलले जानकारी दिए । 

नगद ११ हजार १ सय ११ रूपैयाँसहित सम्मानपत्रले पत्रकार भण्डारीलाई पुरस्कृत गरिनेछ । 

विगत पाँच वर्षदेखि कोषले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई नगदसहित पुरस्कार समर्पण गर्दै आएको छ । 

यसअघि सो पुरस्कारबाट पत्रकार अभयकुमार राई, विनोद सुवेदी, सुशीला पाठक र विक्रम निरौला  पुरस्कृत भइसकेका छन् । 

घोषित पुरस्कार यही फागुन १७ गते मोरङको झोराहाटमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने कोषका संस्थापक लुइटेलले जानकारी दिए । 

कार्यक्रममा पत्रकारिता पुरस्कार समर्पणसहित शिक्षक सम्मान र छात्रवृत्तिसमेत प्रदान गरिनेछ ।

View : 110

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved