विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् आजै पुनर्गठन हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले सरकारको आग्रहमा साढे ४ बजे मन्त्रीहरूको सपथको तयारी अघि बढाएको छ ।
पटक–पटक हुने भन्दै रोकिएको मन्त्रिपरिषद् लामो राजनीतिक कसरतपछि पुनर्गठन हुन लागेको हो ।
मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदीय दलको बोर्ड बैठक बोलाएका छन् । बोर्ड बैठकमा कांग्रेसको सहकार्यलाई नै निरन्तरता दिंदै मन्त्रिमण्डल फेरबदल गर्न लागिएको जानकारी दिएको स्रोतले बतायो ।
नेकपा एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका विदुर लिंथेप, चिन्तन पाठक, इन्द्रमणि पराजुली मन्त्री र रामप्रसाद मेहता मन्त्री बन्ने निश्चित भइसकेको जनाइएको छ । त्यस्तै उमाकान्त गौतम राज्यमन्त्री बन्न लागेको जनाइएको छ ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट चार जनाको नाम मन्त्रीका लागि निश्चित भएको छ ।
कांग्रेसबाट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू, इसराइल मन्सुरी र शोभा चेम्जोङ मन्त्री बन्दैछन् ।
मन्त्रिमण्डलमा कांग्रेस र एमालेले अहिले सम्हालेकै मन्त्रालयमा आफ्ना नयाँ मन्त्री पठाउने तयारी गरेका छन् ।
कांग्रेसले पालुङ्वालाई राज्यमन्त्री बनाउन लागेको जनाइएको छ । एमालेले भने मन्त्रिमण्डलमा महिला नपरेको स्रोतको भनाई छ ।
कोशी प्रदेश सभामा एमालेबाट १४ जना महिला सांसद छन् । जसमध्ये श्रृजना दनुवार उपसभामुख छिन् भने सिर्जना राई वर्तमान मन्त्रिमण्डलमा राज्यमन्त्रीमै सिमित पारिएकी थिइन् ।
View : 215
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved