Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

ताप्लेजुङमा पहिरो जाँदा दुई घर बगायो

उद्‌घोष सम्वाददाता
३१ साउन २०८१, बिहिवार

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ सेकाथुम नजिकैको गौथली भिरबाट खसेको पहिरोले दुईवटा घर बगाएको छ । 

बुधबार दिउँसोदेखि परेको अबिरल बर्षा भएर राती पहिरो गएको हो । पहिरोले स्थानीय छिरिङ ठक्चे शेर्पाले होटल संचालन गरेको घर पसल र नजिकैको अलैँची बगान बगाएको जनाइएको छ । 

केहिदिन यता अविरल वर्षा भएका कारण गएको पहिरोले वडाध्यक्ष पेम्बा टासी शेर्पाका अनुसार शेर्पा परिवार घरमा नरहेको बेलामा पहिरो खसेकोले मानवीय क्षति नभएको जनाइएको छ ।

छिरिङ बुधबार दिउँसो घरमा नरहेको र उनकी छोरी समेत अर्को घरमा रहेकोले मानवीय क्षतिबाट बचेको जनाइएको छ ।

अविरल वर्षाका कारण कञ्चनजङ्घा आधार शिविर जाने पदमार्ग अन्तरगत तल्लो लामाटारमा रहेको घुन्सा खोला पुल समेत बाढी पहिरोले बगाएपछि अहिले यातायात सम्पर्क टुटेको जनाइएको छ । 

पहिरोले पुलमाथिको लठ्ठा मात्रै बाँकी राखेको छ । पुल नजिकैको पसल पुरै बगाएको वडाध्यक्ष शेर्पाले बताए । 

कञ्चनजङ्घा आधार शिविर जान पर्यटक आउने सिजन शुरु हुनै लाग्दा ८१ मिटर लामो पुल नै बगाएको जनाइएको छ ।

View : 171

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved