विराटनगर, १ फागुन । ठुलो परिमाणमा नेपाली नक्कली नोट बरामद गरेर प्रसंशा कमाएको सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–९ बाट ठूलो परिमाणमा गाजा बरामद गरेको छ ।
मंगलबार विहान करीव १ बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित घाट नजिक कोशीको किनारबाट ४०६ किलो ९४० ग्राम गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा गाडीमा गाँजा रहेको सुचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले खटिएको प्रहरीले प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो गाडीमा तलासी लिंदा त्यहाँ लुकाई राखेको अवस्थामा गाजासहितको गाडी बरामद गरेको जनाइएको छ । गाडीभित्र १३ वटा बोरामा गाजा फेला परेको प्रहरीको भनाई छ ।
गाजाको कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बोलेरो चालक धरान उप–महानगरपालिका–४ का २५ वर्षीय सुर्य राई र भोजपुरको हतुवागढी गाउँपालिका–८ का २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड फायर समेत गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ । आइतबार समेत सुनसरी प्रहरीले धरानबाट १६३ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको थियो । त्यसैगरी सोमबार पनि १४९ किलो गाजासहित १२ जना भारतीय नागरिक परेका थिए ।
सुनसरी प्रहरीले आइतबार नै इनरुवाबाट एक हजार रुपैयाँ दरका १ करोड ८२ लाख नक्कली नेपाली नोट बरामद गरेको थियो ।
View : 730
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved