विराटनगर । संसदीय पत्रकार मञ्चले प्रकाशन गरेको संसदीय पत्रकारिता हाते कितावको बिहीबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, उपसभामुख सृजना दनुवार लगायतले संयुक्त रुपमा हाते किताबको बिमोचन गरेका हुन् ।
संसदीय पत्रकारितामा रुचि राख्ने सञ्चारकर्मीहरू, प्रदेशसभाका सांसद र संसदीय मामिलामा चासो राख्ने व्यक्तिहरूका लागि उपयोगी हुने गरी प्रदेशसभा सचिवालयको सहयोगमा उक्त पुस्तक प्रकाशन गरिएको जनाइएको छ ।
किताबको बिमोचन गर्दै सभामुख बिष्टले पत्रकारिता क्षेत्रले मुलुकका लागि ठुलो जिम्मेवारी बहन गरेको भन्दै स्वतन्त्रपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले आफूस“ग राम्रो सम्बन्ध राखेका सांसदहरूको मात्रै समाचारलाई प्राथमिकता नदिई सबैको भावनालाई समेट्नुपर्ने बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले मञ्चले प्रकाशन गरेको हाते किताब प्रदेशसभाका सांसदलाई समेत उपयोगी हुने बताए ।
उपभामुख सृजना दनुवारले अन्य प्रदेशको दाँजोमा कोशी प्रदेशमा पत्रकारहरूले संसदको समाचार प्रकाशनमा उल्लेख्य योगदान गरेको बताइन् ।
मञ्चका अध्यक्ष कुमार लुँईटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाल, सामाजिक विकास समितिका सभापति गयानन्द मण्डल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विदुर लिंथेप, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतले संसदीय पत्रकार मञ्चका गतिविधिले सांसदहरूलाई समेत जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताएका थिए ।
View : 382
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved