विराटनगर । मोरङ उद्योग व्यापार संघले उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ ।
यहाँका उद्योगी व्यवसायी संघसंस्थामा नयाँ नेतृत्व चयन भएपछि एक अर्कालाई बधाई ज्ञापन पर्ने परम्परा नै स्थापित बनेका कारण संघले संगठनका अध्यक्ष नन्दकिशोर राठी नेतृत्वको नयाँ समितिलाई स्वागत गरेको हो ।
संघका अध्यक्ष अनुपम राठीले संगठनका नवनिर्वाचित अध्यक्ष राठीलाई फुल गुच्छासहित माला र अविर लगाइदिएर स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
संघका अध्यक्ष राठीले संघ र संगठन बीचको वर्षौदेखिको सम्बन्धलाई अझ गहिरो रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।
उनले उद्योगी व्यवसायीहरूले आफ्नो क्षेत्रका साझा समस्यालाई समाधान गर्न संयुक्त रुपमा पहल गर्दै आइरहेको बताउँदै भविष्यमा समेत त्यस्तो सहकार्यलाई निरन्तरता दिने बताए ।
संघका बरिष्ठ उपाध्यक्ष अनिल कुमार साह र उपाध्यक्ष विकास बेगवानीले संगठनका नवनिर्वाचित उपाध्यक्षहरू बिपिन कावरा, सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनिया लगायत कार्यसमितिका सदस्यहरूलाई पनि सोही अनुसार स्वागत गरेका थिए ।
View : 287
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved