Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

क्षेत्र नम्बर ५ :

नयाँ सोचको संकल्प ‘नेपालवाद’ : योगेन्द्र मण्डल

उद्‌घोष संवाददाता
८ फागुन २०८२, शुक्रवार

Advertisement

विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उठेर निर्वाचन भएका राष्ट्रिय ऊर्जाशील पार्टीका वर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यकै उम्मेदवार योगेन्द्र मण्डलले आफू नयाँ सोचको संकल्पको सुरुवात गर्दै चुनावी अभियानमा जुटेको बताएका छन् । 

उनले नेपालवादको सिद्धान्त लिएर निर्वाचनमा होमिएको बताएका हुन् । 

‘हामी अब विभाजन होइन, एकता, निराशा होइन, आशा र भ्रष्टाचार होइन, पारदर्शिताको राजनीति गर्नेछौं’, उनले भने, ‘स्वतन्त्र सांसदका रूपमा मैले सुरु गरेका अभियानलाई पार्टीगत शक्तिका साथ पूरा गर्नु मेरो लक्ष्य हो ।’

मण्डलले यही अभियानका साथ निर्वाचन क्षेत्रमा चुनावी अभियानका क्रममा सम्पर्क कार्यालयहरूको स्थापना गरी प्रचार–प्रसार अघि बढाएको बताएका हुन् ।

रंगेलीमा सम्पर्क कार्यालयको उद्घाटनपछि बोल्दै मण्डलले जनतामा आएको परिवर्तनलाई सम्बोधन गर्न नयाँ सोच, नयाँ नेतृत्व र परिवर्तनको दृढ संकल्पको सुरुवात भएको बताए ।

कर्सिया बजारमा आयोजित सभामा उनले जनताले आफूमाथि गरेको विश्वासलाई कर्ममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय ऊर्जाशील पार्टीमा प्रवेश गरेका नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष मण्डलले ऊर्जाशील पार्टीले युवाहरूको जोस र पुरानाहरूको अनुभवलाई समेटेर अघि बढ्ने बताए ।

पार्टीले आफ्नो संगठन विस्तार र जनपरिचालन अभियानलाई तिब्र बनाएको उनले जानकारी दिए । 

मण्डलले ‘जेनजी’ आन्दोलनको भावना र जनचाहनालाई सम्बोधन गर्न आफ्नै नेतृत्वमा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ गठन गरेका हुन् । 

पार्टी गठन लगतै निर्वाचनमा होमिएका उनले संगठन विस्तार र चुनावी अभियानलाई एकैसाथ अघि बढाएको बताए ।

View : 236

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved