Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

दुर्घटनापछि ट्रकमा आगजनीप्रति महासंघको विरोध

उद्घोष सम्वाददाता
१ फागुन २०८०, मङ्गलवार

विराटनगर । आइतबार विहान विराटनगरको बरगाछीमा भएको सवारी दुर्घटनापछि स्थानीयले मालबाहक ट्रकमा आगजनी गरेको घटनाप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले विरोध जनाएको छ ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार विज्ञप्तिमार्फत ट्रक आगजनीको घटनाको विरोध जनाएका हुन् । सडक दुर्घटना भवितब्य भएको र दोषीउपर कानूनी कारवाही हुने व्यवस्था हुँदाहुँदै पनि ट्रकमा आगजनी गरिनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ । 

उक्त दुर्घटनामा इलाका प्रशासन कार्यालय रंगेलीमा कार्यरत कम्प्युटर अपरेटर २५ वर्षीय नगेन चौधरीको मृत्यु भएको थियो । को ३६ प २८८९ नम्बरको स्कुटरमा सवार चौधरीलाई विराटगरको बरगाछी चोकमा बा प्र.३–००१ ख १४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनापछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान र कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने क्रममा प्रहरी प्रशासनकै अगाडि अराजक शैलीमा भएको तोडफोड र आगजनीको घटना भएको भन्दै महासंघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्रसमेत पठाएको छ । ट्रक आगजनी घटनाप्रति महासंघले भर्त्सना गरेको छ ।

दुर्घटना मानिसको काबु भन्दाबाहिर हुने भन्दै स्थानीयको नाममा ऐन कानूननै हातमा लिएर गरिएको आगजनीबाट भएको भौतिक क्षतिको क्षतिपूर्ति सम्बन्धित व्यक्तिबाट असुल गर्नसमेत महासंघले माग गरेको छ ।

आगजनीबाट ट्रकको अगाडिको भागजलेर पूर्णरुपमा क्षति भएको जनाइएको छ । दुर्घटना गराउने चालकलाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइसकेको अवस्थामा ट्रकमा आगजनी गर्नेहरुलाई कारवाही नगरे देशभरका ट्रक व्यवसायीहरु आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको छ ।

कारवाही नभए सरकारलाई साँचो बुझाएर ट्रक ग्यारेजमा थन्काउने महासंघले चेतावनी दिएको छ ।

View : 344

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved