Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले ११औं महाधिवेशन :

अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी

उद्‌घोष संवाददाता
२९ मंसिर २०८२, सोमवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । 

काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराए ।

महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारी छ ।

उम्मेदवारी मनोनयनको समय यसअघि ३ः३० बजेसम्म कायम गरिएकामा उम्मेदवारको लाइन कायम रहेकाले केही समय लम्बिने देखिएको छ ।

एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

View : 290

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved