Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

गोपाल बहुउद्देश्यीयमा यादव पुनः अध्यक्ष चयन

उद्‌घोष संवाददाता
२९ कार्तिक २०८२, शनिवार

विराटनगर । गोपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न २४औं साधारण सभाले वर्तमान अध्यक्ष वीरेन्द्रकुमार यादवलाई पुनः अध्यक्षमा निरन्तरता प्रदान गर्दै नयाँ सञ्चालक समिति चयन गरेको छ ।

नवगठित सञ्चालक समितिमा रामचन्द्र यादव उपाध्यक्ष, दीपेन्द्रकुमार झा सचिव र कमलादेवी बस्नेत कोषाध्यक्षका रूपमा चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरूमा हरिप्रसाद पराजुली, अर्जुन यादव, सिर्जना काफ्ले र गंगाधर मैनाली निर्वाचित भएका छन् ।

लेखा समितिको संयोजकमा पारसमणि निरौला चयन हुनुका साथै मीनादेवी यादव र दीपनारायण यादव सदस्य बनेका छन् ।

यसअघि सभाको उद्घाटन क्षेत्रीय पशु सेवा निर्देशनालयका पूर्व निर्देशक डा. योगेन्द्रप्रसाद यादवले गरेका थिए । 

कार्यक्रममा जिल्ला सहकारी संघका सल्लाहकार रामचन्द्र गौतम, उद्धव पोखरेल, विराटनगर–१० का अध्यक्ष अर्जुन गिरी, वडा–१४ का अध्यक्ष सूर्यनारायण महतोलगायतका वक्ताहरूले सहकारीको पारदर्शिता, सेवा गुणस्तर र सदस्यहरूको सशक्तीकरणमा जोड दिंदै शुभकामना व्यक्त गरेका थिए ।

सहकारीले सदस्यको आर्थिक सहभागिता, बचत तथा लगानी विस्तार, उद्यमशीलता प्रवद्र्धन र समुदायमुखी सेवा कार्यक्रमलाई आगामी वर्षमा अझ सुदृढ बनाउने जनाएको छ ।

View : 268

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved