Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पाैने दुई करोडको अवैध लत्ताकपडा बरामद

उद्‌घोष संवाददाता
२७ माघ २०८२, मङ्गलवार

विराटनगर । विराटनगरको रानी–रोडशेष सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा अवैध लत्ताकपडासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । 

बिल विजकभन्दा बढी सामान ल्याउँदै गरिएको र न्यून मूल्याङ्कन गरी राजस्व चुहावट गरेकोमा जिल्ला प्रहरी कार्यालय मोरङले सो कारबाही गरेको हो ।

शनिबार साँझ ५ बजे विराटनगर–१४ स्थित नेपाल टेलिकम अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेका ट्रकहरूलाई प्रहरीले फेला पारेको थियो । 

बरामद गरिएका लत्ताकपडा र ट्रकको कुल अनुमानित बजार मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ रहेको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीले सामानसहित दुईजना चालकलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्र ३–०१–००५ ख ९४२५ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोक बाह्रविसे–९ का ४९ वर्षीय ऋषिराम पौडेल र प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रकका चालक रामेछाप मन्थली–१० का ३७ वर्षीय कुमार बुढाथोकी छन् ।

नियन्त्रणमा लिइएका दुवै ट्रक, चालक र बरामद गरिएका सामग्रीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रनाउ हरिनन्दन चौधरीले जानकारी दिएका छन् ।

View : 185

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved