विराटनगर । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्रै एक महिलाको शव फेला परेको छ ।
धरान उपमहानगरपालिका– १८ स्थित प्रतिष्ठान परिसरभित्र बरको रूख नजिकै महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरीले शव कसरी त्यहाँ आयो र कसको हो भनेर अनुसन्धान अघि बढाएको जनाइएको छ ।
शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार महिलाको उमेर करीव २५ वर्ष जति देखिने जनाइएको छ । उनको घाँटीमा धारिलो हतियारको चोट रहेको पनि जनाइएको छ ।
View : 3319
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved