Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इलाम–२ मा एमालेका सुहाङको अग्रता, रास्वपा चौथौं स्थानमा

उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा इलाम क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले ४९१ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन् । यहाँ रास्वपा चौथाैं स्थानमा रहेको छ ।

श्रम संस्कृति पार्टीका सुदीप राईले ४४१ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरी तेस्रो स्थानामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले १७१ मत  पाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका ओम गुरुङले ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए ।

१ लाख १९ हजार ४८९ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका थिए ।

यहाँ एक स्वतन्त्रसहित १३ दलका १४ उम्मेद्वार प्रत्यासी छन्। मतगणना इलाम सदरमुकामस्थित राष्ट्रियसभागृहमा भइरहेको छ ।

View : 65

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved