Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

खोटाङमा प्रहरीको उचाई र तौल परीक्षण

उद्घोष सम्वाददाता
१ मंसिर २०८०, शुक्रवार

विराटनगर : जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरीहरूको उचाई र तौलको सन्तुलनको जाँच गर्न ‘बीएमआई’ परीक्षण सुरू गरेको छ ।

शान्ति सुरक्षा कायम गर्न खटिने प्रहरी कर्मचारीहरूको उचाई अनुसारको तौलको सन्तुलन दुरूस्त राख्नका लागि यस्तो परीक्षण नियमित गर्न लागिएको जनाइएको छ । 

‘नोउ यूअर बीएमआई’ अर्थात् शरीरको तौल र उचाइको सन्तुलन कस्तो छ भन्ने थाहा पाउन जिल्ला प्रहरी कार्यालयमै नापजाँच गर्ने मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको हो । गत आइतबारदेखि प्रहरीको बिएमआई अर्थात बडी मास इन्डेक्स जाँच गर्न सुरू गरेको जनाइएको छ ।

‘प्रहरीहरू स्वस्थ हुनुपर्छ, स्वस्थ्य नभई शान्ति सुरक्षा र कर्तव्य पालना गर्न कठिन हुन्छ, त्यसका लागि उनीहरूको उचाई अनुसार तौल छ या छैन भन्ने कुरा पत्ता लगाउन बीएमआई जाँच सुरू गरिएको हो’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरूषोत्तम खड्काले भने, ‘जिल्लामा कार्यरत सबै प्रहरी कर्मचारीहरूको बीएमआई जाँच हुन्छ, जिल्लाका हरेक प्रहरीको अनिवार्य रूपमा आफ्नो बीएमआई अद्यावधिक पनि गर्नुपर्छ ।’

उनले नागरिकको सेवामा समर्पित हुने प्रहरीको स्वास्थ्य अवस्था चुस्तदुरूस्त हुनु आवश्यक रहेको बताए । बीएमआई जाँचको सुरूवात जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरीहरूबाट गरिएको र क्रमैसँग मातहतका सवै प्रहरी इकाईमा यस्तो परीक्षण हुने जानकारी दिए ।

प्रहरीको बीएमआई जाँच गरेपछि उनीहरूको उचाई र तौलको मापनको नतिजाबारे चार्टमार्फत जानकारी गराइने जनाइएको छ । शारीरिक तन्दुरूस्ती कायम गर्न आवश्यक पर्ने खानपिनको सुझाव समेत दिइने जनाइएको छ ।

साथै शारीरिक व्यायामको बारेमा सल्लाह सुझाव दिंदै नियमित शारीरिक अभ्यास गर्न प्रहरी परिसरभित्रै रहेको शारीरिक अभ्यास ‘जोन’ समेत तयार गरिएको जनाइएको छ ।

View : 184

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved