विराटनगर । विराटनगरको पुष्पलालचोकस्थित घिनाघाटमा अब हरेक सोमबार साँझ शिवगंगा आरती हुने भएको छ । साउनको पहिलो सोमबारदेखि त्यहाँ आरती गर्ने तयारी गरिएको छ ।
शिवगंगा आरतीका लागि आवश्यक जनशक्ति र सामानको बन्दोवस्ती भई सबै तयारी पूरा भैसकेको आयोजक समितिका सदस्य राजकुमार पोखरेलले जानकारी दिए ।
सोमबार साँझ हुने आरतीका लागि झापाबाट १० जना पण्डितहरुको टोली आइसकेको बताइएको छ ।
घिनाघाटमा शिवगंगा आरती लगायतका धार्मिक अनुष्ठान गर्न स्थानीय ईश्वर खतिवडाको संयोजकत्वमा २१ सदस्यीय समिति पनि गठन गरिएको छ । सो समितिले स्थानीयवासीको सहयोगमा बनारसबाट आरतीका लागि आवश्यक सामग्री ल्याइसकेको जनाइएको छ ।
View : 1467
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved