Biratnagar, Morang, Nepal
१४ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

देवानगञ्ज घटना :

कोशीका मुख्यमन्त्री कार्कीले बोलाए सर्वदलीय बैठक

उद्‌घोष संवाददाता
१३ साउन २०८३, बुधवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार प्रदेशस्तरमा सर्वदलीय बैठक बोलाएका छन् । सुनसरीमा भएको घटनाका विषयमा लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

बुधबार दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको जनाइएको छ ।

बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरू पनि उपस्थित रहने जनाइएको छ । 

बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्‍याउनको लागि अगाडि बढाइने तयारी भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भिडियो सन्देश मार्फत पनि आम नागरिकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्नका लागि आह्वान गरिसकेका छन् ।

प्रदेश सरकारका मन्त्री र सचिव अस्पतालमा गएर घाइतेहरूको उपचार व्यवस्थाको बारेमा पनि अनुगमन गरेका छन् ।

बैठकमा घटना भएका र असर देखिएका जिल्ला क्षेत्रमा सामाजिक सद्भावलाई कायम राख्दै जनजीवनलाई सामान्य बनाउनका लागि गर्नुपर्ने कामका बारेमा प्रदेश सरकारले दलहरुसँग सुझाव लिने जनाइएको छ ।

View : 58

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved