Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

यस्तो छ विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्ने कार्यतालिका, मनोनयनमा आजै २ बजे

महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ ।
उद्‌घोष संवाददाता
२९ पुष २०८२, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत सभापतिसहितको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।  

महाधिवेशनस्थल भृकुटीमण्डपबाट निर्वाचन समितिले निर्वाचन कार्यतालिका टाँसेको हो । कार्यतालिका अनुसार आजै २ देखि ३ बजेसम्म सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता हुनेछ । राती ९ बजेदेखि १ बजेसम्म मतदानको समय तोकिएको उल्लेख छ ।

विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ता जारी रहेकै बेलामा नयाँ निर्वाचन समिति गठन गरेका थिए ।

सभापति शेरबहादुर देउवाले गठन गरेको खम्बबहादुर खाती नेतृत्वको निर्वाचन समिति भंग गर्दै डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरिएको हो । 

निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् ।

महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ ।

उपसभापति र महामन्त्रीको लागि २५ हजार, सहमहामन्त्रीको लागि २० र केन्द्रीय सदस्यको लागि १० हजार शुल्क लाग्ने जनाइएको छ ।

View : 150

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved