Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षादीपद्वारा अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

उद्घोष सम्वाददाता
५ चैत २०८०, सोमवार

शैक्षिक सामग्री र पोशाक बााड्दै प्रिन्सिपल खड्का ।

विराटनगर । शिक्षादीप कलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहतस्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ । 

सोमबार शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थीहरुको पढाइमा सहयोग गर्नका लागि उक्त राहत सामग्री वितरण गरेका छन् ।

प्रत्येक विद्यार्थीलाई एउटा झोला, केही कापी, कलम, एक सेट सर्ट–पेन्ट र  भेष्ट–पेन्ट वितरण गरिएको थियो ।

शैक्षिक सामग्री र पोशाक ३१ जना विद्यार्थीहरुलाई वितरण गरिएको कलेजका निर्देशक भूपेन्द्र दाहालले जानकारी दिए ।

कलेजले समाजप्रतिको उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने भावना राखेर यसरी विपतमा परेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको प्रिन्सिपल खड्काले बताए ।

किताब कापी जलेर नष्ट भएर पढाइको मेसो हराइरहेको अवस्थामा पाएको समग्रीले पढाइमा ठूलो सहयोग पुग्ने पीडित विद्यार्थीहरुले बताएका छन् । 

शनिवार दिउँसो विद्युतीय तारबाट फैलिएको आगोले बाबुसाहेब टोलका २० घर जलेर नष्ट हुँदा २८ परिवारका एक सय १८ जना विस्थापित भएको जनाइएको छ । 

View : 542

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved