Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

पूर्वाञ्चल गट ट्यालेन्टको फाइनल फागुन १२ गते हुने

उद्घोष सम्वाददाता
१० फागुन २०८०, बिहिवार

धनकुटा । धनकुटामा यही फागुन १२ गते पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–५ को फाइनल हुने भएको छ । आयोजक रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेन्टमेन्टले बुधबार धनकुटामा पत्रकार सम्मेलन गरेर गायन र नृत्यतर्फको विजेता छनौट गर्न लागिएको जानकारी दिएको हो ।

टुँडिखेलमा हुने फाइनलमा गायनतर्फ १२ र नृत्यतर्फ १४ जनाबीच प्रतिष्प्रधा हुनेछ । दुवै विधातर्फका विजेताले नगद २ लाख पाउने छन् । उनीहरूको ५ लाख बराबरको जीवन विमा पनि गरिनेछ । उपविजेतालाई पनि दुई लाख बराबरको जीवन विमा गर्ने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।

गत साउन ४ गतेबाट सुरु भएको प्रतियोगिताको सिजन–५ मा ४१७ जनाले अडिसनमा भाग लिएका थिए । कोशी प्रदेशका १४ वटै जिल्लामा विभिन्न चरणमा भएका अडिसनबाट छनौट हुँदै गायन र नृत्यतर्फ २६ जना प्रतियोगि फाइनल पुगेका हुन् ।

प्रतियोगितामा निर्णायकबाट ५० प्रतिशत र ‘भोटिङ्ग’ बाट ५० प्रतिशत अंक प्रदान गरी विजेता छनौट गरिनेछ । गायक कृष्णभक्त राई, जुनी खालिङ्ग राई र महेश राई गायनतर्फको निर्णायकको भूमिकामा हुने छन् । त्यस्तै, नृत्यतर्फ युसिन यस्माली मगर र विशेष गुरुङ्ग निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ ।

View : 50

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved