Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

गणनास्थल पुगे मतपेटिका (फोटो)

उद्‌घोष संवाददाता
२१ फागुन २०८२, बिहिवार

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै मतपेटिकाहरू मतगणनास्थल पुर्याइएका छन् । 

मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतगणनास्थलमा मतपेटिका पुग्ने क्रम चलिरहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । उनले मतगणनास्थलमा सवै मतदान केन्द्रबाट मतपेटिका संकलन भएपछि गणनाको प्रक्रिया आजै अघि बढाइने बताए ।

गणनाका लागि सीसीक्यामेरा जडित गणनास्थल तयार भइसकेको जनाइएको छ ।

क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिका कार्यालयमा मतगणना हुनेछ ।

त्यस्तै क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय बेलबारी, क्षेत्र नम्बर ४ को विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ५ को सुनसरी–मोरङ सिंचाइ आयोजनाको कार्यालय र क्षेत्र नम्बर ६ को आदर्श माध्यमिक विद्यालयमा मतगणना हुने जनाइएको छ ।

 

View : 67

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved