Biratnagar, Morang, Nepal
१७ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराट गोल्डकपः  आज आर्मी र एनआरटी भिड्दै

उद्घोष सम्वाददाता
१६ चैत २०८०, शुक्रवार

विराटनगर । बिहीबारदेखि सुरु भएको विराट गोल्डकपमा आज शुक्रबार साँझ विभागीय टिम त्रिभुवन आर्मी र न्यूरोड टिम (एनआरटी) भिड्दैछन् ।

२४ औँ बुढासुब्बा गोल्डकपको उपाधि विजेता एनआरटी र इटहरीमा जारी इटहरी गोल्डकपको फाइनलमा पुगेको आर्मीबीच विराटनगरको सहिद रंगशालामा बेलुका पौने ६ बजे खेल सुरु हुने जनाइएको छ । 

आर्मीले बुढासुब्बा गोल्डकपको क्वाटरफाइनलमा एनआरटीसँगै पराजित भएर बाहिरिनु परेको पीडा भुलाउन आज सक्दो प्रयास गर्नेछ । एनआरटी पनि जितको यात्रा निरन्तरताको पक्षमा रहेर खेल्नेछ ।

विराट गोल्डकपको विजेताले ११ लाख र उप विजेताले ५ लाख ५० हजार रुपैयाँ पाउने आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । 

आरटिएफसीले शनिबार घरेलु टिम संग्रीला मोरङ फुटबल क्लबसँग प्रतिस्पर्धा भिड्ने जनाइएको छ ।

विराट गोल्डकपमा आमन्त्रित तीन टोली र विभागीय तीनसहित १० वटा टिम प्रतिष्पर्धामा उत्रिएका छन् ।

View : 85

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved