Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

आश्रमका आमा र बालबालिकासँग वडादशैं

उद्‌घोष संवाददाता
२१ असोज २०८२, मङ्गलवार

Advertisement

विराटनगर । वडादसैंको कोजाग्रत पूर्णिमाको दिन विराटनगर–११ ले मानवसेवा आश्रममा आश्रित आमा र बालबालिकासँग खुसी बाँडेर दशैंको समापन गरेको छ ।

विराटनगर–५ मा रहेको मानवसेवा आश्रममा आश्रित ७० जना आमा र ७ जना बालबालिकालाई वडा नं. ११ को नेतृत्वमा दशैंको टीका र जमरा लगाइदिइयो । साथै उनीहरूलाई मिठो खाना खुवाएर एकछिनका लागि भए पनि परिवारको माया र साथको अनुभूति दिलाउने प्रयास गरिएको थियो ।

वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, वडासचिव सरस्वती ढकाल, वडा नं. ११ का ज्येष्ठ नागरिक कार्य समिति अध्यक्ष अर्जुनकुमार भट्टराई, समाजसेवी पदम श्रेष्ठ, पत्रकार यज्ञ शर्मा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितलगायतले आश्रममा पुगेर आश्रित आमा र बालबालिकालाई टीका, जमरा लगाइदिएका थिए । 

वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले आश्रममा पुगेर टीका जमरा लगाउने कार्यक्रमको उद्देश्य सामाजिक सद्भाव र आत्मीयता फैलाउनु भएको बताए ।

View : 618

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved