पुष्प थापा
मुख्य प्रशिक्षक, कोशी प्रदेश क्रिकेट संघ
यो प्रतियोगितालाई कसरी लिनु भएको छ ?
सबैभन्दा ठुलो कुरा हाम्रो प्रदेशमा अहिलेसम्मकै प्रतियोगिता आयोजना भएको छ । यसको लागि मोरङ जिल्ला क्रिकेट संघ र कोशी प्रदेश क्रिकेट संघलाई धन्यवाद दिनैपर्छ । यो ठुलो राष्ट्रिय स्तरको प्रतियोगिता हो ।
यस पटक कोशी प्रदेशको कस्तो तयारी भएको छ ?
हाम्रो प्रदेशको अहिलेको टिम सन्तुलित र राम्रो छ । उत्कृष्ट खेलाडीहरू नै छन् । चार दिनको बन्द प्रशिक्षण गरेपछि मुख्य छनौटकर्ताले टिम तयार पार्नु भएको छ । सबै खेलाडीहरूका लागि यो प्रतियोगिता महत्वपूर्ण हुनेछ । जुन बेला हाम्रो लागि नराम्रो गुज्रिएको थियो, त्यसलाई बिर्सिएर हामी अगाडि बढिरहेका छौं । अहिलेको माहौल पनि राम्रो छ । खेलाडीहरूमा पोजेटिभनेस देखिएको छ । गुमेको आत्मविश्वास फर्किएको छ । बन्द प्रशिक्षणले थप अगाडि पुर्याएको छ ।
त्यसो भए यो प्रतियोगितामा कोशी प्रदेशको नजिता सुधार हुने विश्वास गर्न सकिन्छ ?
यो टुर्नामेन्टमा नतिजा राम्रो हुनेछ । त्यसका लागि हाम्रो सबैको कोशिस हुनेछ । राम्रो नै गर्ने हाम्रो ध्यान हुनेछ । टुर्नामेन्ट खेल्दा जित्नकै लागि खेलिन्छ । हामी त्यो मनोबल बोकेर खेल्नेछौं ।
त्यसका लागि खेल रणनीतिमा निकै महेनत गर्नुभएको होला नि ?
हाम्रो हरेक खेलमा बराबरी ध्यान केन्द्रित हुनेछ । हरेक म्याच सेमिफाइनल सोचेर खेल्दैछौं । त्यही सोच लिएर अघि बढिरहेका छौं । हरेक म्याचमा हाम्रो खेलाडीको उत्कृष्ट खेल प्रदर्शन रहनेछ । खेल प्रदर्शन हुनेमा म विश्वस्त छु ।
प्रधानमन्त्री कपको नतिजाको दवाव त अवश्य नै परेको होला, यो प्रतियोगितासम्म आइपुग्दा कोशी प्रदेशको टिमका लागि थप के के काम भएका छन् ?
यो प्रतियोगितामा प्रदेश क्रिकेट संघ नै संलग्न रहेको छ । अध्यक्ष पदाधिकारीहरूसहित सबैको भूमिका हुनेछ । वहाँहरूकै प्रयासमा भद्रपुरमा चार दिनसम्म खेलाडीहरूलाई बन्द प्रशिक्षण भइसकेको छ । प्रशिक्षणकै समयमा कोशी प्रदेशको टिमलाई ठुलो सहयोग मिलेको छ । खेलाडीहरूले पनि मेहेनत गरेका छन् । फर्ममा फर्किएका छन् । स्कोर गरेका छन् । प्रतिभावान छन्, जुनियर र अन्डर १६ का पनि खेलाडी छन् । टि–२० फर्म्याटमा अनुभवको पनि जरुरी हुन्छ । सबै किसिमका खेलाडीहरूलाई समावेश गरेर टिम निर्माण भएको छ । हाम्रो टिम सन्तुलित छ । बलिङ र ब्याटिङ मिलेको छ । हामी मानसिक रुपमै तयार छौं ।
View : 665
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved