Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट व्यापार संघद्वारा सशस्त्र प्रहरीलाई इन्भर्टर प्रदान

उद्घोष सम्वाददाता
१४ असोज २०८१, सोमवार

विराटनगर । विराट व्यापार संघले सशस्त्र प्रहरी गण ३ नम्बर हेडक्वार्टर टंकीसिनवारीलाई इन्भर्टर र ब्याट्री हस्तान्तरण गरेको छ ।

सोमबार संघका अध्यक्ष अन्सु बन्जाराले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसहितको उपस्थितिमा सशस्त्र प्रहरी गणका प्रहरी नायव उपरीक्षक ओमराज बानियाँलाई एक थान इर्न्भटर र ब्याट्री हस्तान्तरण गरेका हुन् ।

संघले बडादशैं लगायतका चाडबाडको अवसरमा आयोजना गरेको शुभकामना आदान–फ्रदान तथा अन्तरक्रिया कार्यत्रमका अवसरमा इन्भर्टर र ब्याट्री हस्तान्तरण गरेको हो । कार्यक्रममा विराटनगरमा रहेका साना तथा मझौला उद्यमी व्यवसायीहरूले भोग्नु परेका समस्याबारे छलफल गरिएको छ ।

संघले झण्डै पाँच महिना लगाएर गरेको अध्ययनका आधारमा विराटनगरमा उद्यमी व्यवसायीहरूले भोग्नु परेका प्रमुख सातवटा समस्याबारे सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो ।

संघका अध्यक्ष बन्जराले घरेलु तथा साना उद्योगका उद्यमीलाई गरिने प्रोत्साहन, चाडपर्वका अवसरमा सीमापारीबाट आयात हुने पेयपदार्थ, खाद्यान्न, लत्ताकपडाको चोरी र क्यारिङ नियन्त्रण, करदाताहरूलाई जानकारी गराउनुपर्ने कर नीति, चाडपर्वमै हुने चोरी डकैती, सवारी दुर्घटना, साना व्यवसायीहरूको बचत जम्मा झएका खराब सूचीका सहकारी, शिलबन्दी गरिएका मदिराको बिक्रmीमा देखिएको गिरावट र घरेलु मदिराको बढ्दो खुल्ला बित्रीलगायतका बिषयमा सरोकारवाला निकायसँग जिज्ञासा राखेका थिए ।

अन्तरक्रिया कार्यत्रममा वाणिज्य कार्यालय विराटनगरका प्रमुख हितेष बस्नेत, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भूपालराज शाक्य, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख ठाकुर सुवेदीलगायतले व्यापार व्यवसायी, कर प्रणाली, चोरी पैठारीलगायतका विषयसँग सम्बन्धित विद्यमान कानुनी अवस्थाबारे जानकारी गराए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले साना ठूला सवै खालका उद्योग व्यवसायप्रति कानुन कार्यान्वयन गर्ने निकायको समान व्यवहार हुने बताए । उनले व्यवसायी बिना आर्थिक गतिविधि नहुने भन्दै प्रशासनिक क्षेत्रबाट आवश्यक परेको शान्ति सुरक्षालगायतका व्यवस्था गरिने बताए ।

कार्यक्रममा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, संघका पूर्वअध्यक्षहरू रामजीवन अग्रवाल, यादव पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहसहित संघका पदाधिकारी, सदस्य र व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

View : 81

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved