Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

राष्ट्रिय लोक दोहोरीको अध्यक्षमा भण्डारी

उद्‌घोष संवाददाता
२४ कार्तिक २०८२, सोमवार

सुन्दरहरैंचा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति मोरङको सातौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले केराबारी–९ का अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

सुन्दरहरैंचा–९ सलकपुरस्थित सलकपुर पार्टी प्यालेसमा भएको अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेको हो । 

अधिवेशनले द्वितीय उपाध्यक्षमा टिकाराम घिमिरे, महिला उपाध्यक्षमा बिन्दा राणा, सचिवमा मिलन लुइटेल, सह–सचिवमा सीता चापागाँई, कोषाध्यक्षमा लक्ष्मी कार्की र सह–कोषाध्यक्षमा शान्तादेवी भण्डारीलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा गोविन्द खड्का, शोभा जोशी,  विनोद अधिकारी, सानु राई, हिरादेवी लुइटेल, नरेन्द्रकुमार थापा, शर्मिला सिग्देल, भुमादेवी अधिकारी र हेमकुमारी न्यौपाने निर्वाचित भएका छन् । 

२५ सदस्यीय जिल्ला समितिको रिक्त पद भूगोल तथा समावेशिताका आधारमा पछि पदपूर्ति गरिने अध्यक्ष अम्बिका भण्डारीले बताए ।

View : 202

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved